Websoft University

नेप्लिज एक्सट्रिमबाट आयो बुद्ध लामाको 'चन्चली '


पहिलो नेपाल आइडल विजेता लोकप्रिय गायक बुद्ध लामाको नयाँ गीत 'चन्चली ' को म्युजिक भिडियो सार्वजनिक भएको छ । अविनाश राइको शब्द ,संगीत र संजीव  बराइलीको एरेन्ज रहेको गीतको भिडियोमा हिट गीत फुलबुट्टे सारीका मोडेल आनन सिंह र कुसुम गुरुङको अभिनय रहेको छ । भिडियोमा कुसुम  र आननको अन्स्क्रीन केमिस्ट्री जमेको देखिन्छ । सर्वाधिक हिट गीत फुलबुट्टे सारीको मेल भर्सनबाट अभिनय यात्रामा पाइला सारेका आननको त्यसपछिको नायिका पुजा शर्मा सगको  'तिमी आउने जाने' पनि  हिट भएको थियो ।'चन्चली ' भिडियोलाई अनुप चापागाईले निर्देशन गरेका हुन । बुद्ध थापाको छायांकन र  बिकास दाहालको सम्पादन रहेको भिडियोलाई नेप्लिज एक्सट्रिम  (NEPALESE EXTREME )  युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.