Websoft University

काग्रेंस इनरुवामा तीन जना सभापतीको उम्मेबारी , नगर उपसभापतिमा बिनिता दाहालको पनि उम्मेबारी घोषणा

 

इनरुवा । रातो तारा डट कम,नोपाली कांग्रेस इनरुवा नगर समितिमा तीन जनाले नगर सभापतीको रुपमा आ आफ्नो उम्मेदवारी दिने घोषणा गरेकोमा उपसभापतीमा भने एकलै बिनिता दाहालले पनि आफ्नो उम्मेदबारी दिने घोषणा गर्नुभएको छ । तीन समूहले उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारमा समेत जुटेकाको दाहालले पनि महिला भएकाले आफू सबैको हित र गुटउपगुटलाई अन्त्य गर्न  उम्मेदबारी दिने घोषणा गर्नुभएको हो । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै इनरुवामा असोज ९ गते हुने नगर अधिवेशनमा दाहालले उपसभापतीको रुपमा उम्मेदवारी घोषणा गर्नुभएको छ । नेपाली कांग्रेसले जिल्लाका सबै वडा अधिवेशन सम्पन्न गरेसँगै गाउँ तथा नगर सभापतिका आकांक्षीले उम्मेदवारी घोषणा गर्न थालेको बेला दाहालले पनि आफू पनि योग्य , सक्षम, इमान्दार कार्यकर्ता भएकाले प्यानल र गुट नभई आफ्नो नगरको विकास र पार्टीमा योग्दान गर्न उम्मेदवारी दिने तयारी गरेको बताउनुभएको छ । उता इनरुवामा वर्तमान नगरसभापती राजन मेहता, युवा नेता सितोश पोखरेल र योगेन्द्र मेहता सहित तीन समूहले उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारमा समेत जुटेका छन् । दाहालले पार्टीमा युवा र महिला नेतृत्वलाई मौका दिनुपर्ने भन्दै पार्टीको विकास र पार्टीलाई सबल एवं मजबुत बनाउँदै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाएर आफ्नो उम्मेदवारी दिएको विजयी बनाउने लक्ष्य रहेको बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.