Websoft University

कांग्रेसमा किचलो कायमै– काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि बैठक बोलाए


काठमाण्डौ भदौ २८ गते । रातो तारा डट कम,पार्टी सभापति शेरबहादुर देउवाले डडेल्धुरामा प्रहरी प्रशासन लगाएर वडा अधिवेशन गराएको आरोप लगाउँदै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफू निकटका केन्द्रीय सदस्यहरूको बैठक बोलाउनुभएको छ । 

आगामी महाधिवेशन र पार्टीभित्रको गुटगत राजनीतिका बारेमा बैठकमा छलफल हुने भनिएको छ । आज दिउँसो २ बजे पार्टी कार्यालय ललितपुर सानेपामा बैठक बस्ने नेताहरूले बताएका छन् । काँग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले जिल्लाको क्रियाशील सदस्यतामा केन्द्रले धाँधली गरेको आरोप लगाउँदै आउनुभएको छ भने पौडेल पक्षले पनि विरोध गर्दै आएको छ । 

प्रक्रियागत रुपमा सिफारिस भएका ४६० जना क्रियाशील सदस्यताको सूची केन्द्रले काटेको र जिल्लाले नपठाएको ३१२ जनाको नाम केन्द्रले जबरजस्ती थपेर अधिवेशन गराएको आरोप लाग्दै आएको छ । काँग्रेस उपसभापति विमलेन्द्र निधिले पनि विवाद नटुङ्ग्याइ डडेल्धुराको वडा अधिवेशन नगर्न देउवालाई पत्र पठाउनुभएको थियो । 


 


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.