Websoft University

किसान तरकारी खेतीतर्फ आर्कषित हुदै,

काठमाण्डौ भदौ २८ गते । रातो तारा डट कम,कृषि समचार, नवलपरासी पूर्वका किसान तरकारी खेतीतर्फ आर्कषित भएका छन् । तरकारी खेतीबाट किसानहरूले राम्रो आम्दानी पनि गरिरहेका छन् । 

नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ वेलहानीका किसान थमन रजाली तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ उहाँ अरूका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । २३ वर्षको उमेरदेखि तरकारी खेती सुरु गर्नुभएका थमन रजाली प्रायः बारीमै भेटिनुहुन्छ । 

४७ हजारको लगानीमा १३ कठ्ठा जग्गामा काँक्रो लगाएर कृषि पेशा सुरु गनुभएका उहाँले पहिलो वर्षमा नै ७ लाखको काँक्रो बेच्न सफल हुनुभयो । अहिले ५० कठ्ठामा तरकारी लगाएको उहाँले बताउनुभयो । तरकारी खेतीबाट हिजोआज खर्च कटाएर कम्तिमा वार्षिक १० लाख आम्दानी गर्ने गरेको रजाली बताउनुहुन्छ । 

उहाँको फर्ममा उत्पादन भएका तरकारी चितवन, पोखरा, वुटवल, काठमाण्डौँसम्म जाने गरेको छ । रासायनिक मलको प्रयोग नगरी थोपा सिँचाई प्रणालीमार्फत उत्पादन गरिएको तरकारी किन्नेहरू बारीसम्मै आउने गरेका छन् । मौसम अनुसारका तरकारी लगाउदै आउनुभएका थमनलाई बजारको समस्या नभए पनि खेतीको लागि पानिको समस्या छ । 

सरकारले युवाहरूलाई नेपालमा नै परिचालन गर्ने हो भने कृषि क्षेत्रलाई आधुनिकीकरण गरी बजारको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँको सुझाव   छ । थमनको व्यवसायीक तरकारी खेती बाट बिधि र प्रविधिको बारेमा जानकारी लिनका लागि पनि स्थानीय युवाहरू बारीसम्मै आउने गरेका छन् । थमन अर्गानिक एग्री र्फम सञ्चालन गरी कृषि पेशालाई अगाडि बढाउनुभएका उहाँले विभिन्न पुरस्कार पनि पाइसक्नुभएको छ । रेडियो मध्यविन्दु, नवलरासी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.