Websoft University

सुन्दरहरैंचामा कांग्रेसको चुनावी चहलपलह, नगर सचिवमा कृष्ण प्रसाद भट्टराईको बलियो उम्मेद्वारी

 


मोरङ सुन्दरहरैचा । रातो तारा डट कम,  नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिंदै जाँदा पार्टीका नेता कार्यकर्ताहरु नेतृत्वका लागि उम्मेद्वारी घोषणा गर्ने क्रममा छन् । अधिकांश जिल्लामा भदौ १८ गतेदेखि वडा अधिवेशन भइरहे पनि केही जिल्लामा अझै हुन सकेको छैन । यस्तै गाउँ, नगर, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन तथा केन्द्रको महाधिवेशन नजिकिंदैछ । शुक्रबार मात्र अधिकेशन हुन बाँकी वडा, गाउँ, नगर, क्षेत्र र जिल्लाको अधिवेशनका लागि नयाँ मिति सार्वजनिक भएको छ ।

यसै क्रममा मोरङको सुन्दरहरैंचा नगरपालिकामा पनि नगर पार्टीको नेतृत्वका लागि नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । क्रियाशिल सदस्याताको टुंगो नलागेकाले सुरुमा घोषणा गरिएको मितिमा वडा अधिवेशन नभएपछि सुन्दरहरैंचामा अब नयाँ तालिका अनुशार असोज ५ गतेसम्ममा वडा अधिवेशन र असोज ९ गतेसम्ममा नगर अधिवेशन हुँदैछ ।

नेपाली कांग्रेस सुन्दरहरैंचाको नेतृत्व हत्याउन अन्य ठाउँमा जस्तै सुन्दरहरैंचामा पनि कांग्रेसका कोइराला र देउवा पक्ष गरि २ वटा प्यानल देखिएका छन् । कोइराला पक्षबाट भक्तिप्रसाद सिटौला र देउवा पक्षबाट चैतन्यप्रसाद सिटौला सभापतिको आकांक्षी छन् । अन्य पदहरुमा पनि दुवै पक्षले आ–आफ्ना उम्मेदवार सार्वजनिक गरिरहेका छन् ।यसैबीच कोइराला पक्षबाट नगरको सचिव पदका लागि कृष्णप्रसाद भट्टराईले उम्मेदवारी दिने भएका छन् ।

लामो समय शिक्षण पेशामा संलग्न भएका भट्टराईले उम्मेदवारी दिने घोषणा गरेसँगै नेपाली कांग्रेस सुन्दरहरैंचाका नेता कार्यकर्ताहरुमा उत्साह छाएको छ । लामो राजनीतिक पृष्ठभूमिका साथै पाको उमेरका नेताहरुले मात्र नेतृत्व लिने चलनलाई चिर्दै शैक्षिक पृष्ठभूमिका बौद्धिक तथा युवा व्यक्तित्व राजनीतिमा आउनुलाई अत्यन्तै सकरात्मक रुपमा लिनुपर्ने भन्दै नेता कार्यकर्ता हर्षित भएका छन् । क्षमतावान तथा समाजमा भिजेका बौद्धिक व्यक्तिहरु नेतृत्वमा आउँदा नगरमा पार्टीले नयाँ इतिहास बनाउन सक्ने भएकाले भट्टराईलाई जिताउन लागि पर्ने भन्दै अग्रज नेताहरु तथा युवापंक्तिहरु उत्साहित भएका छन् ।

को हुन् कृष्ण भट्टराई ?

नेपाली कांग्रेस निकट शिक्षकहरुको संगठन नेपाल शिक्षक संघ मोरङको २ कार्यकाल गरेर १० वर्षसम्म जिल्ला कार्य समिति सदस्य भइसकेका भट्टराई सुन्दरहरैंचा क्षेत्रमा चिरपरिचित व्यक्ति हुन् । शिक्षण पेशामा आवद्ध रहेको समयमा समेत भट्टराईले नेपाली कांग्रेसको एघारौं महाधिवेशनमा तत्कालिन इन्द्रपुर गाउँ कार्य समितिको गतिविधिमा सक्रिय भइ पूर्णकालिन सहयोग गरेका थिए । सोही सक्रियताकै कारण भट्टराई बाह्रौं महाधिवेशनमा इन्द्रपुर गाउँ कार्य समितिको उपसभापति चयन हुन सफल भए ।

तत्कालिन इन्द्रपुर गाउँ कार्य समितिमा उपसभापति रहँदा पार्टीको उन्नयनमा पुर्याएको योगदानकै कारण भट्टराई तेह्रौं महाधिवेशनमा तत्कालिन कोशीहरैंचा नगर सदस्यामा सबैभन्दा बढी मत प्राप्त गरि विजयी हुन सफल भए । शिक्षण पेशालाई कुनै बाधा नपुर्याइ पार्टीमा सक्रिय भएका भट्टराईले सुन्दरहरैंचामा नेपाली कांग्रेस पार्टीको संगठन विस्तार र गतिविधिहरुमा निकै योगदान दिएका छन् ।

नेपाली कांग्रेसमा आवद्ध भएपनि भट्टराईलाई राजनीति भन्दा माथि उठेर सामाजिक काममा लाग्ने व्यक्तिको रुपमा समेत लिइन्छ । नेपाली कांग्रेस मात्र नभएर अन्य दलका नेता कार्यकर्ताहरुमाझ समेत उत्तिकै सुमधुर सम्बन्ध रहेका कारण पनि उनलाई राजनीतिक सँगसँगै सामाजिक व्यक्तित्वको रुपमा सुन्दरहरैंचाबासीले लिने गर्दछन् उनी इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कोषाध्यक्ष समेत हुन् । साविकको इन्द्रपुर गाविसको राजमार्ग उत्तरको क्षेत्रमा खानेपानीको चरम अभाव रहेका बेला भट्टराई लगायतका सामाजिक राजनीतिक अुगवाहरुकै पहलमा खानोपानी आयोजना सञ्चालन गरि पानीको समस्या समाधान गरिएको थियो । देशकै नमुना आयोजनाको रुपमा रहेको यस खानेपानी आयोजनालाई नमुना आयोजनाको रुपमा स्थाििपत गर्न समेत भट्टराईले योगदान पुर्याएका छन् ।

यस्तो छ महाधिवेशनको नयाँ परिमार्जित मिति

नेपाली कांग्रेसको वडाको अधिवेशन भदौ १८ गते हुने भनिएकोमा केही जिल्लामा बाँकी रहेकाले नयाँ तालिका अनुशार असोज ५ गतेको मिति तोकिएको छ । यस्तै गाउँपालिका र नगरको भदौ २७ मा गर्ने भनिएपनि नयाँ तालिका अनुशार असोज ९ गते हुँदैछ ।

यस्तै असोज १ गते प्रदेशसभा क्षेत्रको अधिवेशन गर्ने भनिएकोमा सो अधिवेशन असोज १३ गते, असोज ५ गते प्रतिनिधिसभा क्षेत्र र १ मात्र प्रतिनिधिसभा भएका जिल्लाको जिल्ला अधिवेशन गर्ने नभिएकोमा नयाँ तालिका अनुशार असोज १५ गते तथा असोज १० गते १ भन्दा बढी प्रतिनिधिसभा भएका जिल्लाको अधिवेशन गर्ने भनिएको असोज १८ गतेलाई सारिएको हो ।

उता प्रदेशको अधिवेशन र केन्द्रीय महाधिवशेनको मितिमा भने हेरफेर भएको छैन । १०, ११, १२ गते प्रदेशको अधिवेशन र ९, १०, ११, १२, १३ राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.