Websoft University

धोन्नी टुडुको हत्या अभियोगमा ४ जना पक्राउ

 


झापा,२०७८ असोज ६ गते । रातो तारा डट कम, झापा झापा गाँउपालिका-१ माईती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ बर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका-१ का ३७ बर्षीय लखन टुडु सतार , ५६ बर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र २७ बर्षीय  श्री हेमरम सतार रहेका छन । मिति-२०७८ साल भदौ २५ गते तत्काल नामथर वतन नखुलेको अवस्थामा झापा झापा गाँउपालिका-१ स्थित सानो माईखोलामा महिलाको अर्ध शरीर भएको टाँउको, घाटी,पेट (कम्मर भन्दा माथीको भाग) तथा घुडा भन्दा मुनीको भाग नभएको अवस्थामा लास फेला परेको जनाकारीसंगै तत्काल जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट प्रहरी टोली खटि गई घटनास्थल मुचुल्का तथा कानुनी कारबाही अगाडी बढाएको थियो । प्रहरीले अनुसन्धान तथा महिलाको अर्ध शरीरको लाश फेला परेको सम्बन्धमा स्थानीय सहित उनको पहिचान गराउने क्रममा अर्ध शरीरको लाश ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको रहेको खुलेको थियो । लाशको पहिचान खुलेसंगै थप अनुसन्धानमा जुटेको प्रहरीले उनको हत्या गरेको पुष्ठी गरेसंगै उनको हत्यामा संलग्न रहेका उल्लेखित चारै जनालाई असोज १ गते पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय झापाबाट पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो । पक्राउ परेकाहरु मृतक धोन्नीको आफन्तहरु रहेको र जग्गाको बिषयमा उनिहरु बिच बिबाद हुदै आएकोमा भदौ २५ गते यी चारै जना मिलेर धोन्नी टुडुलाई माईखोला किनारमा लगी शरीरको बिभिन्न भागमा काटी टुक्रा-टुक्रा पारेर खोलामा फालेको भन्ने अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका चारै जना उपर कर्तब्य ज्यान मुद्धामा कानुनी कारबाही अगाडी बढाई घटना सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.