Websoft University

नक्कली अमेरीकी प्रवेशज्ञा (भिजा ) देखाएर प्रेम गर्ने युवा पक्राउ

 


श्याम राई÷उदयपुर गाईघाट, ६ असोज। रातो तारा डट कम,नक्कली अमेरीकी प्रवेशज्ञा (भिजा ) देखाएर प्रेम सम्बन्ध वनाई युवती विहे गर्ने एक दलित युवा पक्राउ परेका छन् ।

उदयपुरको रौतामाई गाउँपालीका–७ मुर्कुचीका २४ वर्षिय सुदिप ढोली कार्कीले आफु अमेरीका जान लागेको भन्दै एक युवती लाई प्रेमजालमा पारी विहे गरेपछि उनी दलित भएको पत्ता लागे लगत्तै केटिको अभिभावकले प्रहरीमा उजुरी दिएका थिए । उजुरी पश्चात सुदिपलाई पक्राउ गरेपछि प्रहरीले उनले केटीलाई देखाएर भिजा नक्कली भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यलयका डिएस्पी वेद प्रसाद गौतमले बताए ।

‘नक्कली भिजा देखाएर नै केटाले केटी लाई प्रलोभनमा पारेको रहेछ । आफु दलित भए पनि कार्की थर बताएर अमेरिका जाने भनेपछि केटिले मानेको रहेछ ।’ डिएस्पि गौतमले भने । अमेरिका जाने भनेपछि केटीले विवाह गरेको खुलेको उनले बताए ।

 केटा र केटीबिच शनिवार विवाह भएपछि आईतबार दलित भएको थाहा पाएपछि केटीको वुवाले प्रहरीमा उजुरी दिएका थिए । लगतै सोमबार  प्रहरीले दुवैलाई पक्राउ गरेको थियो । केटीलाई घर परिवारको जिम्मा लगाईएको र केटालाई थुनामा राखेर अभद्र ऐन अन्तरगत मुद्धा दर्ता गरिएको डिएसपि गौतमले बताए । अमेरिका जान पाईने लालचमा विहे गरेकी युवती स्टाफ नर्स अध्ययनरत छिन् ।









Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.