Websoft University

पाटीले पुर्ण बहादुर खत्रीको लागी नया घर बनाइ दिने

 


सोरुङछबिसे (उदयपुर) २८ भदौ। रातो तारा डट कम, नेत्रबिक्रम चन्द (बिप्लव) नेपाल कम्युनिष्ट पार्टी उदयपुर ले लामो समय देखि कम्युनिष्ट आन्दोलनमा होमीएर घरविहिन भएर छापा्रे मा बस्दै आएका पुराना कम्युनिष्ट नेता ८८ वर्षिय पुर्ण बहादुर खत्रीको लागी नया घर बनाइ दिने भएको छ । कटारी नगरपालिका १० सोरुङछविसे बरडाडा बस्दै आएका खत्रीको ८८ औ जन्मोत्सव मनाउने क्रममा सोमबार आयोजीत कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले खत्रीको लागी नया घर निर्माणको  सिलन्यास गरिएको बताए । “हामिले खत्रीको सम्मानमा उनलाई बस्नको लागी घर निर्माण गर्न लागेकाछौ ।” उनले भने । तिन महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएर काम शुरु गरेकाछौ।” घर निर्माणको लागी आवश्यक रकम विभिन्न सहयोगी र सुभेच्छुक बाट जुटाईएको उनले बताए । खत्रि जिल्लामै पाको कम्युनिष्ट नेता हुन । माओवादी जनयुद्धको बेला समेत उनको सक्रियतारहेकोथियो । भुमिगत अबस्थामा सिकिस्त बिरामी भएपछि उनी घर फर्किएर आएका थिए । बरडाडामा फुसको छाना भएको घरमा बस्दै आएका खत्रीले शारीरीक रुपमा असक्त दुइ  छोरा लाइ समेत पालनपोषण गर्नु परेकोछ । खत्री लाई मासीक २ हजार पार्टिले घर खर्च चलाउनको लागी दिने निर्णय भएको समेत सेक्रेटरी पौडेलले बताए । सरकारले पार्र्टी प्रतिबन्ध हटाए संगै खुला राजनैतिक गतिबिधि गर्दै आएको बिप्लव समुहले खत्री संगै अन्य दुई पुराना कम्युनिष्ट नेता लाइ  दोसल्ला ओढाएर सम्मान गरेको छ । ताप्ली गाउपालिका ५ रुपाटारका ६७ वर्षिय गौर बहादुर देवकोटा र बरडाडाका ६५ वर्षिय चन्द्र बहादुर खत्री सम्मानीत भएकाछन । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.