Websoft University

प्रदेश १ मा ३६६ जनामा कोरोना संक्रमण

 


विराटनगर, २८ भदौ । रातो तारा डट कम, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३६६ जनामा कोरोना संक्रमण भएको छ । ९९२ जनाको पीसीआर परीक्षण गर्दा २५९ र ६१७ जनाको एन्टिजेन परीक्षण गर्दा १०७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११०, सुनसरीमा ८१, झापामा ५७, धनकुटामा ५, उदयपुर, संखुवासभा र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको   हो । 

मोरङको विराटनगरमा ७४, बेलबारीमा ११, बुढीगंगामा ७, सुन्दरहरैचामा ६, कटहरी र उर्लाबारीमा ३–३, पथरीशनिश्चरे र धनपालथानमा २–२, रतुवामाई र मिक्लाजुङमा १–१, सुनसरीको इटहरीमा ५०, धरानमा १७, रामधुनीमा ७, इनरुवामा ४, बराहक्षेत्र, देवानगञ्ज र दुहवीमा १–१, झापाको दमकमा १६, भद्रपुरमा १३, विर्तामोडमा ७,  शिवसताक्षी र कमल गाउँपालिकामा ५–५, हल्दिबारी र मेचीनगरमा ३–३,  गौरीगञ्जमा २, गौरादह, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, उदयपुरको चौदण्डीगढी, संखुवासभाको पाँचखपन र इलामको चुलाचुलीमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा आज ४१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०९ महिला र २०३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.