Websoft University

लागूऔषध सहित ३ जना पक्राउ

 


सुनसरी, २०७८ भाद्र २८ गते । रातो तारा डट कम,सुनसरीको कोशी गाऊपालिका ८ कोशीकटानबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  हिजो दिनको ३ बजे सप्तरी हनुमाननगर कंकालनी ७ का २१ बर्षीय सुरज ठाकुरभारत जिल्ला सुपौल भगवानपुर पंञ्चायत सम्दाहा गडी १२ का २२ बर्षीय अवधेष कुमर मण्डल र  २५ बर्षीय रोशन मण्डल रहेका छन् । हिजो दिनको ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध डाईलेक्स डी.सी. ६० बोतलस्पास्मोप्रोक्सीभन १००८ क्याप्सुल र भारतिय नगद रु. २० हजार सहित पक्राउ गरिएको छ । पक्राउ परेका तिनैजना उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारवाही अगाडी वढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.