Websoft University

नेपाली नागरिकहरुलाई उद्दार गरी काबुलबाट ८ सय ६० जना स्वदेश आइपुगे


काठमाण्डौ भदौ १९ गते । रातो तारा डट कम, अफगानिस्तानबाट अहिलेसम्म ८ सय ६० जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार हिजो कतार एयरको नियमित उडानबाट एक जना स्वदेश फर्किएसँगै अहिलेसम्म ८ सय ६० नेपालीको उद्दार भएको हो । त्यहाँबाट आएकाहरुलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड–१९ परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । यस्तै काबुलमा उद्दारको पर्खाइमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ । तालिवानले काबुलसहित मुख्य शहर नियन्त्रणमा लिएपछि अफगानिस्तान छाड्नेको सङ्ख्या बढिरहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.