Websoft University

प्रदेश १ मा ३०५ जनामा कोरोना संक्रमण

विराटनगर, १९ भदौ । रातो तारा डट कम, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०५ जनामा कोरोना संक्रमण भएको छ । ६६२ जनाको पीसीआर परीक्षण गर्दा १७५ र ६३९ जनाको एन्टिजेन परीक्षण गर्दा १३० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७०, सुनसरीमा ६३, झापामा २९, धनकुटामा ९, इलाममा १ र प्रदेश १ बाहिका ३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ५३, पथरीशनिश्चरेमा १२, रतुवामाई र स्थानीय तह नखुलेका २–२ र कानेपोखरीमा १ जना, सुनसरीको इटहरीमा ४५, धरानमा १३, दुहवीमा २, बराहक्षेत्र, रामधुनी  स्थानीय तह नखुलेका १–१, झापाको दमकमा १३, विर्तामोडमा ६, भद्रपुरमा ४, मेचीनगरमा ३, गौरादह, शिवसताक्षी र कचनकवलमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबासमा २, छथरजोरपाटी र महालक्ष्मीमा १–१, इलामको चुलाचुलीमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०१ म्हिला र १९० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.