Websoft University

प्रेस बिज्ञप्ती

 


  सुनसरी । रतो तारा डट कम,नेपका(एमाले) जिल्ला कमिटी सुनसरीको सचिवालय बैठक कमिटीका अध्यक्ष क.रेबती रमण भण्डारीको अध्यक्षता तथा पार्टी केन्द्रिय कमिटी सदस्य एवं जिल्ला सह–ईन्चार्ज क. तैयब हुसैनको प्रमुख आतिथ्य,पार्टी राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरु क.खेमराज पोखरे,क.सर्बध्वज सावाँ,क.मुरारी सुबेदी,क.बिजय राईको आतिथ्यतामा २०७८ भाद्र १९ गते नेपका(एमाले) भित्र प्रकट भएको पार्टी बिरोधी गतिबिधि,गुटबन्दि र बिभाजनकारी क्रियाकलापको अन्त्य गरी पार्टीलाई एकताबद्घ ढंगले अगी बढाउने प्रयत्न स्वरुप गठित कार्यदलले प्रस्तुत गरेका सुझावहरु र नेपका(एमाले) स्थायी कमिटीको द्दण्ठड भाद्र ८ तथा केन्द्रिय कमिटीको भाद्र १० गते बसेको बैठकले निर्णय गरे बमोजिम गरिएको अन्तर पार्टी निर्देशन १२ र सुनसरी जिल्लामा यसको रचनात्मक कार्यान्वयनका सम्बन्धमा निम्नानुसारका निर्णहरु भएका छन् ।

१) मिति २०७८ भाद्र १८ गते सम्पन्न जिल्ला पदाधिकारी बैठकले गरेका निर्णयहरु अनुमोदन गरीयो ।

२) पार्टी केन्द्रिय कमिटीको २०७८ भाद्र १० गते बसेको बैठकको निर्णयको मर्म र भावना बमोजिम २०७५ जेष्ठ २ गतेको पूर्व अबस्थामा कमिटीहरु सञ्चालन गर्ने निर्णय सम्बन्धमा हिंजो सम्म पार्टीको बिपक्षमा रहेका ब्यक्तिहरुलाई जस्ताको त्यस्तै स्थापित गर्दा पार्टीको हितमा नहुने,पार्टीले गतिशिलता प्राप्त गर्न नसक्ने हुँदा पार्टी केन्द्रिय कमिटीको निर्णयलाई सुनसरी जिल्लाको बस्तुगत अबस्था र बर्तमान यथार्थलाई सम्बोधन गर्ने गरी रचनात्मक ढंगले कार्यान्वयन गरिनु पर्छ । 

३) पार्टी केन्द्रिय कमिटीको निर्णयमा उल्लेखित पार्टी एकताको भावना र जिवन्ततालाई ख्याल गर्ने बिषयलाई यो जिल्लामा बिशिष्टिकृत रुपमा लागु गरिनुपर्छ । 

४) २०७७ फाल्गुण १ गते गठन भएको पार्टी जिल्ला कमिटी र त्यसपछी जिल्ला कमिटीको नेतृत्वमा गठन भएका पार्टीका पालिका,वडा,जनबर्गिय संगठनका जिल्ला,पालिका तथा वडा कमिटीका हजारौं पार्टी कार्यकर्ताको सञ्चालन र ब्यवस्थापनको टुङ्गो लगाउनु पर्ने छ ।

५) २०७५ जेष्ठ २ को अबस्थामा पार्टीलाई फर्काउने सम्बन्धमा नेतृत्व ब्यवस्थापन गर्दा तल्लो तह सम्म नै संकटका बेला पार्टी काममा लागेर पार्टी जोगाएका र अहिले पनि बिपक्षी गठबन्धनसंग मिलेर आन्दोलन गर्ने भनिएकाहरुको बिचमा जिल्लाको बस्तुस्थितीका सम्बन्धमा ब्यापक छलफल पश्चात उचित निष्कर्ष निकाल्नु पर्ने छ ।

६) निरपेक्ष रुपमा जेष्ठ २ को अवस्था बाट मात्रै कमिटी सञ्चालन गर्ने बिषय जिल्लामा पार्टी हितमा नहुने ।

७) उपरोक्त बिषयबस्तुहरुलाई ध्यान नदिई कुनै निर्णय भएमा जिल्ला कमिटी मात्र नभई जिल्लाका हजारौं हजार कार्यकर्तालाई स्वीकार गर्न असजिलो हुने र कार्यकर्ताहरुलाई असजिलो भए पार्टी नै कमजोर बन्ने ठहर गरिएको छ ।

८) जेष्ठ २ गतेको अवस्थाको टुङ्गो लाग्ने नै छ । यो टुङ्गो के कसरी लाग्ला भन्ने बिषयलाई केन्द्रमा राखी पार्टी काममा कुनै प्रकारको शिथिलता उत्पन्न हुन नदिई आ–आफनो कार्यक्षेत्रको कामलाई निरन्तरता दिने । 


                                                                     रवि खनाल

                                                                       प्रमुख

                                                                    प्रचार बिभाग 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.