Websoft University

प्रदेश १ र गण्डकी प्रदेशका केहि ठाउनमा वर्षा हुने

 


काठमाण्डौ भदौ १९ गते । रातो तारा डट कम,आज प्रदेश १ र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १ र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा भारी वर्षाको सम्भावना छ । यस्तै राति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश २, बागमती र गण्डकी प्रदेशका एकदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । अब केही दिन दिउँसो कम पानी परेपनि राति भने दिउँसोको भन्दा धेरै पानी पर्ने उहाँको भनाइ छ । गत २४ घण्टामा पोखरामा सबैभन्दा धेरै २७४ दशमलव ५ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.