मोहन कुमार राई-२०७८ भाद्र १९ गते । रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिका ३ स्थित पालेबनदेखि पहिरो झर्दा दुई घर उच्च जोखिममा परेको छ ।
गए राति आएको अविरल बर्षाको कारण करिव डेढसय मिटिर माथिबाट पहिरो खस्दा हस्त बहादुर अधिकारी र जगत बहादुर अधिकारीको घर उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
पहिरो जाँदा नेपालकै चर्चित शंक्तिपीठ सिद्धकाली मन्दिर जाने सडक समेत बवरुद्ध भएको छ । चैनपुरबाट डाँगीगाउँ –भ्यागुते ढुंंगा हुँदै जाने सडकखण्ढमा पर्ने पालेवनदेखि पहिरो खस्दा सडक, लगाइएको खेतिवाली समेत पहिरोले नष्ट गरेको छ । अहिले सिद्धकाली प्रहरी चौकीबाट सुरक्षाकर्मी खटि घटनास्थलतर्फ गइसकेको छ । घटनामा के कति क्षेती भएको छ थप जानकारी आउन बाकी नै रहेको छ ।
Post a Comment