Websoft University

धेरैपछि फिल्ममा आउँदै अर्जुनजंग शाही, ‘काँडेतार’ मा अनुबन्ध

 


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,नेपाली फिल्मका पुराना अभिनेता अर्जुन जंग शाही लामो समयको अन्तरालपछि पुन:अभिनय क्षेत्रमा फर्किनेभएका छन् ।


नलाई निर्माता तथा निर्देशक नवल खड्काले आफ्नो नयाँ फिल्म ‘काँडेतार’ का लागि विषेश भूमिकामा अनुबन्धित गरेका छन् ।

निर्देशक खड्काका अनुसार फिल्ममा शाहीको भूमिकाका बारेमा थप जानकारी सार्वजनिक गरेका छैनन् ।फिल्मलाई निर्देशकद्वय नवल खड्का तथा शंकर कार्कीले संयुक्त रुपमा निर्देशन गर्दैछन् ।

यसअघि निर्देशक खड्काले अभिनेता गौरव पहारीलाई पनि यो फिल्मका लागि अनुबन्ध गरिसकेका छन्।निर्देशक खड्काका अनुसार यो फिल्मले देशको सिमानामा काँडेतार बारले दुई मुलुकबीचका नागरिक र भूमिको मात्रै संरक्षण गर्दैन, असल छिमेकीसंगको सद्भाव कायम राख्छ भन्ने सन्देश बोकेको छ ।

फिल्ममा नवल खड्का, गौरव पहारी, रबिन्द्र रञ्जन झा, सञ्जय खतिवडा, केशव रायमाझी, रोमियन लिम्बू आदि कलाकारले अभिनय गर्दैछन् ।

फिल्मका बाँकी कलाकार तथा प्राविधिकहरुको छनोट बाँकी रहेको निर्देशक खड्काको भनाइ छ ।यो फिल्मको छायांकन आगामी तिहारपछि प्रारम्भ हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.