Websoft University

आजबाट सरकारी खर्च नियमित हुने

 


काठमाण्डौ असोज ८ गते । रातो तारा डट कम, ८ दिनदेखि रोकिएको बजेट खर्च आजबाट नियमित हुने भएको छ । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट हिजो प्रमाणीकरण भएपछि बजेट खर्चको बाटो खुलेको हो । प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित भएपछि प्रमाणीकरणका लागि सभामुखले हिजो राष्ट्रपतिसमक्ष पठाउनुभएको थियो । हिजो साँझ बजेट विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । आजबाट सरकारलाई खर्च गर्न सजिलो भएको अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले सीआईएनसँग बताउनुभयो । गत जेठ १५ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान  सरकारले प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेको थियो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.