Websoft University

मोटरसाईकल अनिन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

 

फायल फोटो ,
सुनसरी, २०७८ भदौ २५ गते । रातो  तारा डट कम,सुनसरी रामधुनी  ६ कान्छिचौक-चतरा  सडक खण्डको सुनसरी खोला पुलमा मोटरसाईकल अनिन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु छ भने पछाडी सवार घाईते भएका छन् । मृत्यु हुनेमा मोरङ कानेपोखरी गाऊपालिका ६ का १८ बर्षीय रितिक राई रहेका छन् भने पछाडी सवार सोही स्थानका २१ बर्षीय निरज राईको उपचार भईरहेको छ । गत राती १२ बजे उत्तर तर्फ जादै गरेको को ३६ प ९५८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा दुवै जना घाईते भई उपचारको लागी घोपा धरानमा पठाईएको थियो । उपचारको क्रममा रितिकको आज बिहान ३ बजे मृत्यु भएको छ । अर्का घाईते निरजलाई थप उपचारको लागी  बिराट नर्सिङ होम बिराटनगर रेफर गरिएको छ । दुर्घटना भएको मोटरसाईकल ईलाका प्रहरी कार्यालय पकलीमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.