Websoft University

विराट गोल्डकपको आय ब्यय सार्वजनिक÷ प्रदेश सरकारले पुरा रकम नदिदाँ समस्या

 विराटनगर, १६ भदौ ।  रातो तारा डट कम,विराटनगरमा सम्पन्न विराट गोल्डकप फुटबल प्रतियोगिताको छैठौं संस्करणमा ८ लाख रुपैयाँ मुनाफा भएको छ । बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा गोल्डकपका संयोजक मनोज विक्रम शाहले प्रतियोगिताबाट ८ लाख २ हजार रुपैयाँ बचत भएको बताउनु भयो । पत्रकार सम्मेलनका क्रममा संयोजक शाहले १ करोड ४७ लाख ७४ हजार रुपैया आम्दानी भएको जानकारी दिए ।


९ दिनसम्म चलेको प्रतियोगितामा १ करोड ३९ लाख ७२ हजार रुपैया खर्च भएको उनले बताए । यसअघि गोल्डकपको सुरुआती आय ब्यय हिसाबमा १ करोड ६१ लाख रुपैया सुरुआती खर्च देखिएको थियो । संयोजक शाहका अनुसार सुरुको हिसाब हेर्ने क्रममा खर्च बढि देखिएसंगै पछि विभिन्न संस्थासंग रकम छुट माग्ने कार्य गरिदाँ अन्तिम हिसाब फाइदामा पुगेको हो ।

 त्यसैगरि प्रतियोगितामा टिकटबाट ५९ लाख ७६ हजार रुपैया संकलन भएको छ । प्रदेश १ सरकारले ४० लाख रुपैया दिने जनाएर अन्तिममा १४ लाख ७७ हजारमात्र प्राप्त भएको बताउँदै शाहले महानगरपालिकाले ११ लाख, राष्ट्रिय खेलकुद परिषदबाट ३ लाख ९४ हजार, मुख्य प्रायोजकबाट २० लाख, प्रायोजकबाट १० लाख, सह–प्रायोजकबाट १७ लाख २५ हजार, ब्यानर प्रायोजकबाट ८ लाख, खाना प्रायोजकबाट २ लाख ५० हजार संकलन भएको जानकारी दिनु भयो । 

त्यसैगरि, प्रतियोगितामा पुरस्कार खर्च ३५ लाख ११ हजार, खेलाडी टोली खर्चमा ३२ लाख ३४ हजार, प्रचारप्रसार तथा मिडियामा १५ लाख २५ हजार, ६ लाख ३६ हजार, मिडिया खर्च ८ लाख ८ हजार, फ्लेक्स होर्डिङ बोर्डतर्फ ९ लाख ९६ हजार, कार्यालय ब्यवस्थापनमा ९ लाख २ हजार, मैदान मर्मतमा ४ लाख ८ हजार, रंगशाला मर्मत तथा खर्चमा ७ लाख,  ३ लाख २६ हजार रंगशाला खर्च भएको छ । 

कार्यक्रममा विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाले कोरोना महामारीका बावजुद सबै दर्शकले स्वास्थ्य मापदण्ड पालना गर्दै प्रतियोगिता सभ्य र भव्य बनाइदिएकोमा आभार प्रकट गर्नु भएको थियो । गतवर्ष चैत्र २६ गतेबाट सुरु भएको प्रतियोगिताको उपाधी सशस्त्र प्रहरी बलको टोली एपीएफले चुमेको थियो । वैशाख ४ गते सम्पन्न उपाधि भिडन्तमा भारतको पञ्जाब पुलिसलाई १ शुन्यले स्तब्ध बनाउँदै एपीएफले १५ लाख १५ हजार रुपैया र ट्रफी हात पारेको थियो ।

 त्यसैगरि, पहिलोपटक नेपाली भूमिमा स्पर्धा गरेको भारतीय टोली पञ्जावले विराटनगरमा राम्रो छाप छोड्दै दोस्रोमा चित्त बुझाएको थियो । उपविजेतामा चित्त बुझाएको पञ्जाबले भने ७ लाख ५१ हजार नेपाली रुपैया हात पारेको थियो । त्यसैगरि, प्रतियोगितामा उत्कृष्ट एक खेलाडीलाई मोटरसाइकल, अन्य ७ उत्कृष्ठ विधामा ट्रफीसहित प्रत्येक खेलाडीलाई २५ हजार रुपैयाको पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगिताको ९ वटा खेलका प्रत्येक एक प्लेयर अफ म्याचलाई १० हजार रुपैया प्रदान गरिएको थियो । 

दिवारात्रीको समयमा सम्पन्न प्रतियोगितामा एपीएफ, पञ्जाव पुलिस, विराटनगर महानगरपालिका ११, संकटा क्लब, अफ्रिकन रुट्स एसोसिएशन, सिक्किम युनाइटेड भारत, युनाइटेड फुटबल क्लब भारत, गोर्खा ब्वाईज रुपन्देही, मच्छिन्द्र क्लब काठमाण्डौं, र नेपाल पुलिस क्लबको सहभागिता रहेको थियो । मनाङ मस्याङदी क्लबले प्रतियोगितामा सहभागिता गर्ने उल्लेख गरेपनि अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएको आयोजक पक्षले जानकारी दिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.