Websoft University

विराटनगरको सिंघिया पुलको जिर्णोद्वार र क्षमता विस्तारका लागि मोरंग व्यापार संघको पहल

 


बिराटनगर भदौ  १६ गते । रातो तारा डट कम,  विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रंगेली रोड सडक खण्डमा पर्ने विराटनगरको हाटखोला स्थित सिंघिया पुलको जिर्ण अवस्था प्रति मोरंग व्यापार संघले सरकारका विभिन्न निकायहरुलाई ध्यानाकर्षण गराउने कार्य थालेको छ ।


मोरङ–सुनसरी आर्थिक कोरिडोर अन्तरगत कटहरी गाउँपालिका लगायत आसपासका क्षेत्रमा संचालनमा रहेका सयौँ उद्योग, कल–कारखानाहरु र मोरङका पूर्वी भेगका अधिकांश बजारहरुलाई प्रादेशिक राजधानी, औद्योगिक नगरी एवं व्यवसायिक केन्द्र विन्दु विराटनगर महानगरपालिका र विराटनगर भन्सार नाकासँग जोड्न सो पुलको भूमिका अत्यन्त महत्वपूर्ण रहेकोमा लामो समय देखि सो पुललाई सामान्य जिर्णोद्वार मात्र गरिँदै आएको तथा विगतका बाढीहरुका कारण उक्त पुल थप क्षतिग्रस्त भई जर्जर अवस्थामा पुगेकोले समय मै कदम चाल्न संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले सरकारका सम्बन्धित निकायहरुलाई ध्यानाकर्षित गराउनु भएको छ ।

यस कोरिडोरका आर्थिक क्रियाकलापहरुमा कटहरी गाउँपालिका सहित आसपासका पूर्वी क्षेत्रको अधिक  योगदान रहँदै आएको र सो क्षेत्रमा औद्योगिक प्रयोजनका मालवाहक र सार्वजनिक सवारी साधनहरुको आवागमनको चाप समेत दिनानुदिन बढ्दै गई रहेको जनाउनु हुँदै अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले उक्त पुलको जिर्ण अवस्थाका कारण ठूलो दुर्घटना निम्तिन सक्ने जोखिमलाई मध्यनजर गरी सो पुलको समयमै जिर्णोद्वार र क्षमता विस्तारका कार्यहरु तत्कालै थालनी गर्न हाल संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री, प्रदेश नं। १ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री, सडक विभागका महानिर्देशक र सडक डिभिजन विराटनगरका प्रमुखलाई पत्राचार गरी आग्रह गर्नु भएको छ ।

२०७८ भाद्र १६ गते, बुधबार

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.