Websoft University

कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट हुने , परीक्षार्थीलाई खोप लगाउने सरकारको निर्णय

 


काठमाण्डौ भदौ १७ गते । रातो तारा डट कम, कक्षा १२ को परीक्षा आउँदो ३० गतेबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको हिजो बसेको बैठकले भदौ ३० देखि असोज ८ गतेसम्म भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 

बोर्डले तालिका सार्वजनिक गर्दै आउँदो ३० गतेदेखि कक्षा १२ को साधारण, प्राविधिक विषयसँगै ग्रेडवृद्धि एवंम् आशिंक परीक्षा लिने जनाएको हो । परीक्षा सम्बन्धित विद्यालयमै हुने र सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरिने बोर्डले निकालेको परीक्षा तालिकामा उल्लेख छ । परीक्षा बिहान ११ बजे दिउँसो २ बजेसम्म हुनेछ । 

परीक्षामा अनुपस्थित हुनेलाई अर्को व्यवस्था नभएको बोर्डले स्पष्ट पारेको छ । यसअघि साउन ३१ गतेदेखि तोकिएको परीक्षा कोरोना भाइरसको सङ्क्रमण बढेपछि स्थगित गरिएको थियो । 

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले परीक्षा स्थगित गरेकोमा आपत्ति जनाई सबै परीक्षार्थीलाई खोपको व्यवस्था गरी भौतिक उपस्थितिमै तत्काल परीक्षा लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो । त्यस लगत्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ का परीक्षार्थीलाई खोप लगाउने निर्णय गरिसकेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.