Websoft University

आज पनि पानी पर्ने

 


काठमाण्डौ भदौ १८ गते । रातो तारा डट कम, अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, गण्डकी कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि देशभरको मौसममा सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नम्बर १, २, बाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । वर्षाका कारण देशभरका विभिन्न स्थानमा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका घटनाहरु भइरहेका छन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.