Websoft University

काँग्रेसको ५४ जिल्लामा मात्र वडा अधिवेशन आज हुने

 


काठमाण्डौ भदौ १८ गते । रातो तारा डट कम, नेपाली काँग्रेसको सबैभन्दा तल्लो तहको अधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन सुरु हुँदैछ । वडा अधिवेशनका लागि निर्वाचन टोली अधिवेशन स्थल पुगेका छन् । आज ५४ जिल्लामा मात्र वडा अधिवेशन हुने काँग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । सदस्यता विवाद समाधान हुन नसक्दा २३ जिल्लाको वडा अधिवेशन आज नहुने नेपाली काँग्रेसले जनाएको छ । भदौ २७ मा गाउँ र नगर सभा हुने भएकाले त्यसअघि नै वडा अधिवेशन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । बाँकी रहेका जिल्लाको अधिवेशन भदौ २५ गतेभित्र सम्पन्न भइसक्ने नेता ढुङगानाले बताउनुभयो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.