देशभर अभियान चलाएर युवाहरुलाई जेसिजमा आवद्ध गराउने र युवाहरूलाई उधमिशिलतासंग जोडेर नेतृत्व बिकास, क्षमता विकास र आयआर्जनतर्फ आकार्षित गराउने आफ्नो योजना रहेको बताए । जेसिजमा रहेका १८ देखि ४० बर्षसम्मका युवाको हितमा आफुले कार्यक्रम ल्याउने उनको भनाई छ । युवाहरुलाई सक्षम बनाउन उनिहरुको बित्तिय स्वतन्त्रताको आवश्यक्ता पर्ने हुनाले सकेसम्म धेरै युवाहरूलाई उधमी बनाउने ढकालले बताए ।
सन् २०१७ मा गछिया जेसिजको अध्यक्ष रहेका उनी नेपाल जेसिजको वर्ष २०१८ मा राष्ट्रीय उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यस्तैगरी नेपाल जेसिज वर्ष २०१९ मा राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । गछिया जेसिजको पाँचौं बोर्ड बैठक तथा दोस्रो साधारणसभाको निर्णय अनुसार गछिया जेसिज सन् २०१७ का अध्यक्ष ढकाललाई नेपाल जेसिज वर्ष २०२२ का लागि राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दिने सर्वसम्मत निर्णय गरिएको छ।
स्थापनाको छोटो समयमा उत्कृष्ट गतिविधि गरि देशभर रहेका जेसिज सहकर्मीहरुको मन जित्न सफल गछिया जेसिजले सबै जेसिजकर्मीलाई साथ र सहयोगको लागि हार्दिक अनुरोध गर्दै चाँडै नै ‘’अमिष ढकाल लाई जिताऊ अभियान” सञ्चालन गर्ने गछिया जेसिजका अध्यक्ष जेसि रबिन सिटौलाले रातोतारा डट कमलाई बताएका छन् ।
Post a Comment