Websoft University

राष्ट घाती एमसीसी सदनबाट पास गर्न लागेको भन्दै, यो सम्झौता नेपाली जनता र नेपाल कम्युनिष्ट पार्टीलाई स्वीकार्य नहुने–खड्गबहादुर विश्वकर्मा


काठमाण्डौ भदौ २७ गते । रातो तारा डट कम, नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले राष्ट्रियता माथि हमला भइरहेको निष्कर्ष निकालेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको मुद्दा मुखरित भएर फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको हो ।

पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले तीन ÷ चार वर्षअघि एमसीसीलाई सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भएको बताउनुभयो । प्रवक्ता विश्वकर्माले सरकारले एमसीसी जस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाउनुभयो । सबै नेपाली नागरिकहरू यस विरुद्ध आन्दोलित भइरहेको बेलामा पनि दलालहरूले यसलाई पास गर्नुपर्ने भनिरहेको बताउनुभयो । 

विभिन्न प्रपञ्च रचेर सरकारले एमसीसी पास गर्न लागेको भन्दै यो सम्झौता नेपाली जनता र नेपाल कम्युनिष्ट पार्टीलाई स्वीकार्य नहुने उहाँको भनाइ छ । सरकारले संसद बोलाएर एमसीसी तत्काल पास गर्ने योजना बनाइरहेकोले आफ्नो पार्टीले राष्ट्रिय र केन्द्रिकृत रूपमा नेतृत्व प्रदान गर्न एक हप्ते संघर्षको कार्यक्रम राखेको बताउँदै प्रवक्ता प्रकाण्डले भाद्र २८ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने बताउनुभयो । विप्लव समुहले  सरकारले मुर्खता नै गरिरहे देशमा आगो लाग्ने चेतावनी दिनुभयो । 





 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.