Websoft University

छलफल सकेर एमसीसीको टोली आज राति फर्कँर्दै–एम सीसी फिर्ता लैजान आम नेपाली जनताको जोडदार माग,


 काठमाण्डौ भदौ २७ गते । रातो तारा डट कम, अमेरिकन सैन्य गठबन्धको अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को टोलीले एमसीसी परियोजनाको बारेमा नेताहरु संग तहगत घर घरमा गएर छलफल सकेको छ ।

छलफल र संवाद सकेर एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली आज राति साढे ८ बजे फर्कँदैछन । तीन दिनको यसबीचको समयमा प्रधानमन्त्री,मन्त्री तथा राजनीतिक दलका शीर्ष नेतासँग भेटेर एमसीसीका उपाध्यक्ष सुमारको टोलीले एमसिसी परियोजनालाई चाँडै अनुमोदन गर्न वा अस्वीकार गर्न आग्रह गरेको नेताहरूले बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा भने सत्ताधारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग थप छलफल गरेर मात्रै एमसीसीको बारेमा निर्णय गर्ने निचोडमा पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

उपाध्यक्ष सुमारसहितको टोलीले हिजो अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर यस बारेमा छिटो टुङ्गो लगाउन अनुरोध गरेको मन्त्री शर्माको सचिवालयले जनाएको छ । मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले एमसीसीबारे राजनीतिक स्तरमा छलफल भइरहेको जानकारी गराउनुभएको थियो । तर अहिले दैनिक काठमाण्डौ लगाएत सबै नेपालका शहरहरुमा व्यापक बिरोध भइरहेको छ । यो फिर्ता हुनु पर्ने आम नेपाली जनताको जोडदार माग रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.