Websoft University

बालाजु औद्योगिक क्षेत्रमा आगलागी


काठमाण्डौ साउन २३ गते । रातो तारा डट कम, काठमाण्डौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । रातिदेखि औद्योगिक क्षेत्रको नेबिको विष्कुट उद्योगमा आगलागी भएको प्रहरी वृत्त बालाजुले जनाएको छ । वृत्तका प्रमुख डिएसपी निर्मल बुढाथोकीका अनुसार अहिले २० वटा पानी ट्याङ्कर र ८ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास गरिरहेका छन् । 

बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा लिन कठिन भएको छ । प्रहरीका अनुसार बिहान हेलिकप्टरबाट पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा आएको छैन । सिम्रिक एयरको हेलिकप्टरबाट आगलागी भएको ठाउँमा पानी हालिएको तर घरभित्रको आगलागी भएकोले नियन्त्रण लिन सम्भव नभएको प्रहरीको भनाइ छ । 

अहिले हेलिकप्टर फर्किसकेको छ । आगलागी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन । आगलागीको कारण पनि नखुलेकै प्रहरीले जनाएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.