Websoft University

सरकारले आजदेखि अभियान सुरु गर्दै,


काठमाण्डौ साउन २३ गते । रातो तारा डट कम, सरकारले आजदेखि नेपाल मास्क अभियान सुरु गर्दैछ । आज दिउँसो १ बजे भर्चुअल कार्यक्रम गरेर अभियान सुरु गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणको रोकथामका लागि मास्कको महत्व बुझाउन र आम नागरिकमा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान सञ्चालन गर्न गरिएको हो । ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु, म जिम्मेवार नेपाली’ भन्ने नाराका साथ अभियान सुरु गर्न लागिएको हो । कोरोना सङ्क्रमणबाट बच्न मास्क लगाउने व्यवहारको विकासका लागि समुदायस्तरमा जनचेतनामुलक कार्यक्रम गरिने स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले जनाएको छ । अभियान आउँदो शुक्रबारसम्म चल्नेछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.