Websoft University

दार्चुला घटनाबारे छानबिन गर्ने टोली दुबै तर्फको स्थलगत अध्ययन गरेर फर्कियो–टोलिमा केहि इडियान दलाहरु रहेकोले पीडितले न्याया नपाउने स्थानियको निष्र्कस, तुइन कांट्ने अपराधि एसएसपी चोखिने,

 


 काठमाण्डौ साउन २३ गते । रातो तारा डट कम,दार्चुलाको व्याँस घटनाको अनुसन्धानका लागि छानबिन गर्न गठित समिति पीडित पक्षसँग सोधपुछ घरेर फर्किएको छ । हेलिकप्टरमार्फत् बेपत्ता जयसिंह धामीको घर र नेपालतिरको घटनास्थल पुगेर टोली फर्किएको हो । 

विहीबार घटनास्थलको भारतपट्टि स्थलगत अवलोकन–अध्ययन गरेर सदरमुकाम खलङ्गा फर्किएको छानबिन समितिको टोली हिजो घटनास्थलको नेपाल तिर (राप्ला–माल) स्थलगत अध्ययनका लागि दिउँसो करिब साढे १२ बजे व्याँस प्रस्थान गरेको थियो । हेलिकप्टरमार्फत् गएको टोलीले नेपालतिरको घटनास्थल माल क्षेत्रको स्थलगत अध्ययन–अवलोकन गरी टोली फर्किएको छानबिन सदस्य तथा दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताउनुभयो । 

व्याँस गाउँपालिका वडा नम्बर २ स्थित बेपत्ता जयसिंह धामीको घरमा गृह मन्त्रालयको छानबिन टोलीपुगेको हो । छानबिन टोलीले पीडित परिवारलाई भेटेर घट्नाबारे जानकारी लिएको छ । स्थानीय, प्रत्यक्षदर्शी लगायतसँग सो घटनाबारे जानकारी लिएको निमित्त प्रमुख जिल्ला अधिकारी भट्टको भनाई छ । सेनाको हेलिकोप्टर मार्फत् ब्यास पुगेको टोली पीडित परिवारसँग भेटघाट र मालघाटको स्थलगत अवालेकन गरी हेलिकोप्टरबाटै फर्किएको हो । टोलीले घटनाका तीनै जना प्रत्यक्षदर्शीको बयान लिएको छ भने भारततिरको स्थलगत अवलोकन समेत गरिसकेको छ । नेपाली छानबीन समितिको टोलीले भारततिरको अध्ययन गर्दा एसएसबीका अधिकारीहरुको साथमै गरेकोछ । १० दिन भित्र प्रतिवेदन दिने गरी गठन गरिएको छानबीन समिति गठन गरिएको हो । 

साउन १९ गते जिल्ला पुगेको टोलीले प्रत्यक्षदर्शीहरुको बयान, राजनीकि दल, जनप्रतिनिधि, मानवअधिकारकर्मी तथा पत्रकारहरुसँग घटनाबारे जानकारी लिएको छ । साउन २० गते टोलीले जिल्लाका सरोकारवालाहरुसँग छुट्टा छुट्टै भेटघाट गरी घटनाबारे जानकारी लिएको हो । साउन १५ गते ब्याँस गाउँपालिका वडा नम्बर २ मालघाटमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिँदा धामी बेपत्ता भएको प्रत्यक्षदर्शीहरुले बताउँदै आएका छन् । तर, भारतीय पक्षले भने सो घटनामा एसएसबीको संलग्नता नभएको दावी गरेको छ । बेपत्ता धामी हालसम्म फेला परेका छैनन् । तर, उनका आफन्तहरुले भने कुशको पुतला बनाएर दाहासंस्कार गरिसकेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.