Websoft University

सोलु करिडोर बिवाद – संघर्षका कार्यक्रम अन्र्तगत आज कटारीमा सवारीसाधन बन्द

 


गाइघाट कटारी साउन १८ गते । रातो तारा डट कम,सोलु करिडोर १३२ केभी प्रशारण लाईन अन्र्तगत कटारी –४ , मरुवामा आयोजनाले गरेको ज्यादती विरुद्धमा संघर्षका उत्रिएका स्थानीयले आज कटारीबाज संञ्चालनमा आउने सवारीसाधनहरुमा अवरोध पुराएका छन् ।सोलु करिडोर समस्या समाधान पहल समितिले शनिबार सार्वजनिक गरेको कार्यक्रम अन्र्तगत आज यातायात बन्दको कार्यक्रम रहेकाले उनीहरुले आज कटारीको वसपार्क नजिकैैको तावाखोला पुलमा सवारीसाधनहरु रोकेका छन् ।


सडक संघर्षमा उत्रिएकाहरुले तत्काल माग पुरा गर्नुपर्ने , प्रहरी दमन बन्द गर्नुपर्ने लगायतका मागहरु राखेर नाराबाजी गरिरहेका छन् । कार्यक्रम अन्र्तगत वार्ताबाट समस्या समाधान नभएसम्म सम्पूर्ण कार्य स्थगित गरिने , आज यातायात बन्द गर्ने ,भोलि कटारीका कार्यालयहरुमा अनिष्चित कालिन तालाबन्दी ,२० साउनमा प्रहरी राखिएको मरुवामाविमा तालाबन्दी ,२१ गते साउन उदयपुर जिल्ला बन्दको आव्हान गरेको समितिका संयोजक केपी बरालले बताउनुभयो ।

कटारीका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरु हस्ताक्षरित विज्ञप्तिमा सहमति विना नै कृषकहरुको खेतमा लगाईएको धान ,मकै , फलफुलमा ठुलो क्षति पुराएर काम जारी राखेकोले तत्काल वार्ताबाट निष्कर्ष निकाल्नुपर्ने माग राखिएको छ । त्यसैगरी शुक्रबार , र शनिबारको विरोध कार्यक्रममा प्रहरीले ज्याददी गर्दा स्थानीयहरु घाईते समेत भएको अवस्थामा तत्काल उपचारको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु राखिएको छ ।

सम्बन्धित निकायहरुसँगको वार्ताको माध्यमबाट मात्रै सहमति गरेर काम अघि बढाउन पनि विज्ञप्तिमा माग गरिएको छ । यस विषयमा पटक पटक मरुवामा झडप भएको थियो । त्यहाँ ३ वर्षदेखि मरुवामा रोकिएको काम केही दिन अघिबाट सुरु गरिएको थियो । वडा नम्बर ४ मरुवामा स्थानीयको विरोधका कारण प्रसारण लाइन निर्माण ३ वर्षयता रोकिँदै आएकामा स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरी केही दिन अघिबाट काम सुरु गरेको हो ।

मरुवाका स्थानीयले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अवरोध पु¥याउँदै आएका थिए । जिल्ला सुरक्षा समिति उदयपुरले निर्माणाधीन राष्ट्रिय गौरवको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको अवरोध हटाउन सुरक्षाकर्मी परिचालन गरि काम अघि बढाएको छ ।

मरुवा माध्यमिक विद्यालय कटारीमा सुरक्षाकर्मी राखेर टावर निर्माण अगाडि बढेपछि विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच विवाद जारी रहेको सोलु करिडोर विवाद समाधान पहल समिति संयोजक केपी बरालले बताउनुभयो । विभिन्न मन्त्रालयहरुमा डेलिगेसन गएर माग राखेको र आश्वासन समेत पाएपनि टावर स्थान परिवर्तत नभएपनि सोही रुटमा पनि उचित मुअब्जा पाउनुपर्ने स्थानीयको माग थियो ।

स्थानीयको माग बमोजिम मुअब्जामा पनि सहमति विना नै प्रहरी गाउँभरी परिचालन गरेर काम थालिएपछि मरुवामा त्रास छाएको हो । त्यहाँ महिनौदेखि दैनिक तनाव थपिंदै गएको छ । दैनिक झडप हुने क्रम बढ्दै गएको छ । बिवाद समाधानका लागि राजनीतिक दलहरुले आग्रह गरेपनि प्रशासनले भने वास्ता नगरेको समितिले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.