Websoft University

करेन्ट लागेर एक जनाको मृत्यु


सुनसरी, साउन ३२ गते । रातो तारा डट कम,सुनसरी ईटहरी १७ लबिपुर स्थित अंकित बडि ग्यारेजका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ मेरिङ्डा गाऊपालिका ४ घर भई हाल सोही ग्यारेजका मजदुर ४० बर्षीय राम कुमार लिम्बु रहेका छन् । हिजो बेलुका पौने ६ बजे गाडीको बडी बनाउने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.