Websoft University

कारको ठक्करबाट एक जनाको मृत्यु, एक घाईते


झापा, साउन ३२ गते । रातो तारा डट कम,झापा बाह्रदर्शी गाऊपालिका ७ सिमल चौक स्थित भित्री सडक खण्डमा कारको ठक्करबाट स्कुटीमा पछाडी सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा गणेशमान चारनाथ नगरपलिका घर भई हाल कंकाईमाई नगरपालिका ८ डेरा गरी बस्ने ३२ बर्षीया सरस्वती मगर रहेकी छन् । हिजो राती साढे १० बजे उत्तर जादै गरेको प्रदेश १ -०१-०१२ प १९४२ नम्बरको स्कुटीलाई प्रदेश १-०१-००१ च ७२७७ नम्बरको कारले पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा स्कुटी चालक बाह्रदर्शी गाऊपालिका ७ की २८ बर्षीया प्रमिता कार्की र पछाडी सवार सरस्वती घाईते भई उपचारको लागी   B&C अस्पतालमा पुर्‍याउन साथ सरस्वतीको मृत्यु भएको छ भने कार्कीको उपचार भईरहेको छ । दुर्घटना गराउने कार र चालक ईलाम जोगमाई २ का २४ बर्षीय जंग बहादुर बस्नेत ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ ।


 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.