Websoft University

चिप्ले किरा खाने क्रममा घाटी भित्र अडकिएर एक जनाको मृत्यु

 


गाईघाट ३१ साउन। रातो तारा डट कम,चिप्ले किरा खाने क्रममा घाटी भित्र अडकिएर एक जनाको मृत्यु भएको छ । उदयपुरको वेलका नगनपालिका ९ कमलावारीका ६१ वर्षिय गणेश बहादुर सार्किको सनिबार साझ मृत्यु भएको स्थानिय तेज बहादुर सार्किले बताए । खोला बाट पक्रिएर ल्याएको चिप्ले किरा खाएपछि घाटि भित्रको स्वास नलीमा अडकीएको कारण उनको तत्कालै मृत्यु भएको थियो । हड्डी भाचिएको र खिएको बेला चिप्ले किरा खादा केहि दिनमै भाचिएको हड्डी जोडीने मान्यता रहेको कारण पहाडि भेगमा चिप्ले किरा खाने गरीन्छ । सार्कि ले पनि कम्मरको हड्डी ठिक होस भनेर चिप्ले किरा खाएका थिए । प्रहरी ले उक्त घटनाको अनुसन्धान शुरु गरेको छ । चिप्ले किरा अडकीएर सार्किको मृत्यु भएको कुरा पोष्मार्टम पछि थाहा हुने प्रहरीले जनाएको छ । “घटना कसरी भयो भन्ने बारे अनुसन्धान शुरु गरेका हौ ।” इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक तेज बहादुर दाहालले भने । शवको पोष्टमार्टम गर्न जिल्लाअस्पताल गाईघाट पठाएकोउनले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.