Websoft University

नियन्त्रित औषधी सहित ३ जना पक्राउ


बिराटनगर भदौ २ गते । रातो तारा डट कम,मोरङको बेलबारी नगरपालिका १० भाउन्ने चोक स्थित झापाली होटलबाट नियन्त्रित औषध सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ का २४ बर्षीय रोमन राई, पथरीशनिश्चरे नगरपालिका ४ का २९ बर्षीय अनुप राई र पथरीशनिश्चरे नगरपालिका ४ कै २९ बर्षीय बिशाल राई रहेका छन् । हिजो बेलुका ५ बजे प्रहरी चौकी डागिहाटबाट खटिएको प्रहरी टोलीले झापाली होटलमा बसेका उनिलाई चेकजाँच गर्दा प्रमाडोल क्याप्सुल ७०० पिस, स्पास्पेन गोटी ७०० पिस फेला पारेको थियो । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय बेलबारीमा ल्याई थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.