Websoft University

ब्राउन सुगर सहित ४ जना पक्राउ

झापा, भदौ २ गते । रातो तारा डट कम, झापाको बिर्तामोडको दुई स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका ४ बजे बिर्तमोड ५ जात्रुबारी स्थितबाट ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरीलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ३० मिलि ग्राम सहित पक्राउ गरेको हो । त्यस्तै हिजै बेलुका ५ बजे बिर्तामोड १ चारपाने स्थितबाट सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बिर्तामोड १ कि बर्षीया देवी तामाङ र बिर्तामोड ५ कि २१ बर्षीया सिता खतिवडालाई लागूऔषध ब्राउन सुगर ४ ग्राम ४५ मिलीग्राम सहित पक्राउ गरिएको छ । पक्राउ परेका चारै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.