Websoft University

ब्राउन सुगर सहित २ जना भारतिय पक्राउ

 

काठमाडौ साउन २८ गते । रातो तारा डट कम, कपिलवस्तु शुद्धोधन गाँउपालिका वडा नं.३ हर्दिहवा स्थित लागु औषध बिक्री वितरण गरि रहेको छन् भन्ने बिशेष सुचनाको आधारमा मानिसहरुलाई गोप्य सुराक पत्ता लगाई खोज तलास गर्ने क्रममा पछि नाम थर वतन खुलेका निम्न व्यक्तिहरूलाई शंका लागी रोकी तत्काल शरिर खान तलासी गर्दा सहजाद अन्सारीले लगाएको जिन्स पाईन्टको गोजी भित्र जब्बर छाप तम्बाकु (सुर्ती) राख्ने प्लाष्टिकको प्याकेटमा प्लाष्टिक भित्र कालो डोरीले बाधेर राखेको ३ वटा पोका फेला पारी खोली तौल गर्दा ६ ग्राम छाम्दा गिलो  हेर्दा लागु औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थलाई बरामद गरी संलग्न दुबै जनालाई यस कार्यालयको नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ  ।

निम्न:- देश भारत जिल्ला सिद्धार्थनगर थाना सोहरतगढ ग्राम निबी बस्ने बर्ष २५ को सहजाद अन्सारी ।

ऐ।ऐ ग्राम सोहरतगढ बस्ने बर्ष ३२ को मोहम्मद रजा खान ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.