Websoft University

विश्व युवा दिवस – मास्क एवं सचेतना अभियान सञ्चालन

विराटनगर,२८ साउन । रातो तारा डट कम, विश्व युवा दिवसको उपलक्ष्यमा सर्वसाधारणलाई कोरोना महामारी सम्वन्धी जनचेतना जागृत गरान आज यहाँ  सचेतना एवं मास्क वितरण गरिएको छ।


लायन्स क्लव , लियो क्लव विराटनगर र जिल्ला ट्राफिक कार्यालय मोरङद्वारा संयुक्त रुपमा विराटनगरको हाटखोला चोकमा सडक हिड्ने सर्वसाधारणलाई सचेतना एवं माक्स वितरण गरिएको हो ।


सो अवसरमा  मुकेश पौडेल, चाँद इराकी, मोतिराम दाहाल लगायतले यो महामारीबाट आफु तथा आफ्नो परिवार र समाजलाई बचाउन मास्क र खोप मुख्य हतियार भएको बताउनु भयो । क्लवले उक्त अभियानलाई निरन्तर दिने जनाएको छ।

सो अवसरमा उक्त बाटो भै आवतजावत गर्ने ग्रामीण तथा शहरी क्षेत्रका लागि सर्वसाधारण लगायत सिटी सफारिका चालकलाई मास्क वितरण गरिएको थियो ।।–––

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.