Websoft University

पेस्तोल र गोली सहित ३ जना पक्राउ


काठमाडौ  साउन २८ गते । रातो तारा डट कम,राती को समयमा निम्न व्यक्तिहरुले अबैध हातहतियार साथमा लिई हिडेका छन् भन्ने विशेष सूचना प्राप्त भए पश्चात प्रहरी चौकी कुशुहवाबढनी कपिलवस्तुबाट प्रहरी सहायक निरीक्षक बिक्रम प्रसाद भुषाल र ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट प्र।नि।शुकदेव पौडेलको कमाण्डमा रहेको प्रहरी टोली महाराजगंज नगरपालिका वडा नं। ९ औरहवा स्थित उक्त स्थानमा खटि गई संकास्पद अवस्थामा हिडडुल गरिरहेका निम्न स्थान बस्ने निम्न व्यक्तिहरुलाई खान तलासी गर्दा लक्ष्मण यादवले आफ्नो कम्मर पेटीको भागमा अगाडी राखेको अवस्थामा घरेलु नल कटुवा पेस्तोल १ नाल र बिश्वम्वर यादवले लगाएको हाई पाईन्टको पकेटमा सोही घरेलु नल कटुवा पेस्तोलमा प्रयोग हुने गोली ३ राउण्ड समेत फेला पारी हातहतियार सहित संलग्न मानिसहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा सो हातहतियार ऐ।ऐ। बस्ने बर्ष ४१ को समसाद अहमद खाँले राख्न दिएको खुल्न आएको हूँदा निज समेत ३ जनालाई पक्राउ गरी हातहातियार खरखजना मुद्धा अन्तरगत आवश्यक अनुसन्धान कार्य भईरहेको  छ । 
 
जिल्ला कपिलवस्तु बस्ने बर्ष २० को लक्षमण यादव ।

ऐ। बस्ने बर्ष २८ को बिश्वम्वर यादव ।

 ऐ।ऐ। बस्ने बर्ष ४१ को समसाद अहमद खाँ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.