विराटनगर, २८ साउन । रातो तारा डट कम,प्रदेश १ का विभिन्न संरक्षण गृहहरुमा आश्रितहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुलाई आज देखि जोनसन एण्ड जोनसन खोप लगाउन शुरु गरिएको हो । अभियानको सामाजिक विकास मन्त्री उषाकला राईले आज शुभारम्भ गर्नुभयो ।
सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले मानव सेवा आश्रम तथा संरक्षण गृहमा आश्रित सवैलाई खोप लगाईने बताउनुभयो । उहाँले आज ३ सय बढीलाई खोप लगाईने बताउनुभयो । मानव सेवा आश्रममा, प्रदेश सरकारद्धारा सञ्चालित दीर्घकालिन पुर्नस्थापना गृह, ओरेक, माईती नेपाल र एवीसीको संरक्षणमा रहेकाहरुलाई आज खोप लगाई सकिने उहाँले बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कमल भट्टराई, स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहता, विराटनगर १० का वडाध्यक्ष माधवराज वाग्ले लगायतको सहभागिता रहेको थियो ।
Post a Comment