Websoft University

प्रदेश १ को मुख्यमन्त्रीको रुपमा भीम आचार्यले सपथ लिए

 


विराटनगर भदौ  १० गते । रातो तारा डट कम, प्रदेश १ को मुख्यमन्त्रीको रुपमा भीम आचार्यले सपथ ग्रहण गरेका छन् । अहिले अन्य मन्त्री नियुक्ति नगरिने भएको छ ।

विराटनगरको होटल एसियाटिकमा आजै संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यलाई आजै मुख्यमन्त्रीको सपथ गराइएको हो । संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो । आचार्यले संविधान अनुसार ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्नेछ । उनलाई विश्वासको मत लिन भने फलामको च्यूरा चपाउनु सरह हुने देखिन्छ ।

प्रदेश १ को मुख्यमन्त्रीबाट शेरधन राईले आजै प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीसमक्ष राजीनामा दिएलगत्तै आचार्यले सपथ ग्रहण गरेका हुन् । हाम्रो मतबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.