सुनसरी इटहरी भदौ १० गते । रातो तारा डट कम,इटहरी उपमहानगरपालिकाले इटहरी अस्पतालको स्तरोन्नती र सेवालाई अझै प्रभावकारी वनाउने विषयमा सरोकारवाला सँग छलफल गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चोैधरीको अध्यक्षतामा छलफल गरिएको हो ।
उपमहानगरपालिकाका विज्ञ सल्लाहकारहरु,राजनीतिक दल,नागरिक समाज,उद्योगवाणिज्य संघ,रोटरीक्लव लगायतका सरोकारवालाहरु सँग छलफल गरिएको हो । छलफलको सुरुवात गर्दै प्रमुख चोैधरीले आएका सुझावहरु टिपोट गरेर कार्यपालिकाको वैठकमा लगिने र कार्यपालिकाको वैठकले गर्ने निर्णयका आधारमा अघि वढने वताउनुभयो । छलफलमा इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज रामकुमार धमलाले इटहरी अस्पतालले अहिले प्रदान गरिरहेको सेवा र चुनौतीका वारेमा प्रस्तुति गर्नुभयो ।
इटहरी अस्पताललाई १५ शैयाको वनाउन तीन तले भवन निर्माण भइरहेको जानकारी दिनुभयो । इटहरी अस्पताललाई ५० शैयाको वनाउन पहल भइरहेको पनि उहाँले वताउनुभयो । छलफलमा सहभागिहरुले इटहरीमा ३ सय शैयाजतिको अस्पतालको आवश्यकता रहेकाकाले ३ सयशैयाको अस्पतालका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । नगरप्रमुख चौधरीले नगरपालिकाले आफनो कार्यक्षेत्र भित्र पर्ने कुरामा पहल गर्न कुनै कसर वाँकी नराख्ने वताउनुभयो ।
Post a Comment