Websoft University

भारतमा आज ७५ औँ स्वतन्त्रता दिवस मनाउदै गर्दा नेतालाई सतबुद्धि पनि आओस छिमेकी देशहरुलाई थिचो मिचो गर्न छाडोस् ।


काठमाण्डौ साउन ३१ गते । रातो तारा डट कम,भारतमा आज ७५ औँ स्वतन्त्रता दिवस मनाउदै गर्दा नेपालका बिभिन्न तराइका ठाउहरुमा नेपाली जमिन कब्जा गरेको र कालापानी क्षेत्रमा नेपाल भित्रै पसेर चीन जोड्ने बाटो अहिले जवरजस्ती बनाईरहेकोले सो बन्द गरी, नेतालाई सतबुद्धि पनि आओस छिमेकी देशहरुलाई थिचो मिचो गर्न आजै बाट भारतले छाडोस् । 

७५ औँ स्वतन्त्रता दिवसको अवसरमा आज भारतको राजधानीमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा भारतीय झन्डा लहराउने र ओलम्पिक खेलमा जितेर आएका खेलाडीहरुको सम्मान र स्वागत गर्नुहुनेछ । 

कोरोना महामारीलाई ध्यानमा राखेर यस वर्षको समारोहको आयोजना गरिएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । दिवसको अवसरमा राजधानी दिल्लीको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । लाल किल्लामा प्रधानमन्त्री मोदीसँगै रक्षा मन्त्री राजनाथ सिंह, रक्षा राज्य मन्त्री अजय भट्ट र रक्षा सचिव अजय कुमार पनि सहभागि हुनेछन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.