Websoft University

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन मनसुन सक्रिय हुने


काठमाण्डौ साउन ३१ गते । रातो तारा डट  कम, आजदेखि तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी तीन दिन मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गंगा नगरकोटीले तीन दिन अधिकांश स्थानमा वर्षा हुने सीआईएनसँग बताउनुभयो । वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुने उहाँले बताउनुभयो । बिहान साढे ५ बजे महाशाखाले निकालेको सूचनामा बर्दियास्थित बबई नदीको चेपाङ जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले बबईको तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा रहेकालाई दिउँसोसम्मै सतर्कता अपनाउन भनिएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.