Websoft University

आज बस्ने माओवादी केन्द्रको बैठक अध्यक्षको प्रस्ताप माथि छलफल हुने


काठमाण्डौ साउन ३१ गते । रातो तारा डट  कम,माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने सचिवालयले जनाएकोछ । हिजोदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको राजनीतिक प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्तावमा आज समूहगत छलफल गरिने जनाएको छ । प्रचण्डको प्रस्तावमा वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने भन्दै, पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने उल्लेख छ । यही भदौ मसान्तभित्र माओवादी केन्द्रले देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने पनि प्रस्तावमा उल्लेख छ । मङ्सिर १५ मा सातै प्रदेशको अधिवेशन सम्पन्न गरेपछि माओ दिवसको दिन पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने अध्यक्ष प्रचण्डको प्रस्तावमा उल्लेख गरिएको छ । 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.