Websoft University

२०७८ भदौ ९ गते दखि दुई नयाँ दललाई निर्वाचन आयोग मान्यता दियो

 


काठमाण्डौ भदौ १० गते । रातो तारा डट कम, निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुर नेतृत्वको नयाँ पार्टीलाई प्रमाणपत्र दिएको छ । एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी र जसपा विभाजन भई बनेको लोकतान्त्रिक समाजवादी पार्टीलाई आयोगले हिजो राति प्रमाणपत्र प्रदान गरेको हो । 

प्रमाणपत्र प्राप्त गरेसँगै अब दुबै नयाँ दलले मान्यता पाएका छन् । दल विभाजनका लागि ल्याएको अध्यादेश अनुसार दुवै पार्टीले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पु¥याएपछि आयोगले प्रमाणपत्र दिएको हो । निर्वाचन आयोगले हिजो नेपाल र ठाकुर दुवै पक्षलाई आयोगमा सनाखतका लागि बोलाएको थियो । 

पार्टी विभाजन गरी समाजवादी पार्टी गठन गर्न एमालेका ५४ जना केन्द्रीय सदस्य र ३० जना सांसदले सनाखत गरेपछि आयोगले नयाँ पार्टीको मान्यता दिएको हो । दल विभाजनका लागि साविक एमालेका ५८ जना केन्द्रीय सदस्य र ३१ जना सांसदले भदौ २ गते निर्वाचन आयोगमा आवेदन दिएका थिए । 

त्यसमध्ये आयोगले ५५ जनाको नाम सनाखतका लागि सार्वजनिक गरेको थियो । नयाँ दल बन्नका लागि ४१ जना मात्रै केन्द्रीय सदस्य आवश्यक पर्ने अवस्थामा माधव नेपाल नेतृत्वको समाजवादीका पक्षमा १३ जना बढी केन्द्रीय सदस्य उपस्थित भएका हुन् । झलनाथ खनाल बाहेक अरु सबै सांसदले आयोगमै उपस्थित भइ विभाजनको पक्षमा सनातख गरेका थिए । खनाललाई दूतावासमार्फत भर्चुअल माध्यमबाट सनाखत गराइएको हो । 

जनता समाजवादी पाटी पनि बिधिवतरुमै फुट्यो

महन्थ ठाकुर, र राजेन्द्र महत्व नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी बनाउन साविक जनता समाजवादी पाटीबाट १४ जना सांसद र १७ जना केन्द्रीय कार्याकारिणी परिषदका सदस्यउपस्थित गराइएको थियो । लोकतान्त्रिक समाजवादी पाटीले पनि दल दर्ताकोमान्यता पाएकोछ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.