Websoft University

कृशला चौधरी हत्या प्रकरणलाई लिएर गाइघाटमा दैनिक प्रदर्शन हुदै


गाईघाट ३१ साउन । रातो तारा डट कम,१६ वर्षिया किशोरी कृशला चौधरी हत्या प्रकरणमा अहिले युवा तथा स्कुले बिध्यार्थिहरुले दिनहु जसो बिरोध र सडक प्रदर्सन गरीरहेका छन । साउन १३ गते देखी बेपत्ता भएकी उनको शव साउन १९ गते घर देखी केही परको राजदेवी सामुदायीक बन उपभोक्ता समुहको जङगलमा  फेला परेको थियो ।

रातमाटे खोला छेउमा रहेको सालको फेदमुनी खाल्टोमा सामान्य रुपमा पुरीएको अबस्थामा फेला परेको शबको बाहीरी आकृती हेर्दा उनको सामुहिक बलात्कार पछि हत्या गरीएको आशंका गरिएकोछ । घटना पछि विभिन्न संघ सस्थाहरुले  बिरोध जनाउदै सत्य तथ्य बाहिर ल्याउन स्थानिय प्रहरी प्रशासन लाई दवाव दिदै आएकाछन । 

भने युवा युवती र स्कुले बिध्यार्थिहरुले स्वस्फुर्तरुपमा दिनहु जसो सडक  प्रदर्शन गरी हत्यामा संलग्न ब्यक्तिहरु लाई तत्काल पका्रउ गरी कृशला लाई न्याय दिन आग्रह गरीरहेकाछन । कृशलाको शवको पोष्मार्टमको रिपोर्ट अझै आएकोछैन , शबको स्वास्थ्य परिक्षण  गर्न धरान स्थीत विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगीएको १० दिन भैसकेको छ । तर रिपोर्ट आउन ढिलाई भएको छ । 

प्रहरी ले अझै घटनाको बारेमा केही उल्लेख गरेको छैन । मृतक किशोरी संग मोवाइल मा भएको फोन सम्पर्कको आधारमा केही युवा लाइ पका्रउ गरेर हिरासत मा राखेको भए पनि घटनाको सुराक अझै खुलेको छैन।अनुसन्धानमा ढिलाई र घटनाको वास्तबिकता सार्बजनिक नहुदा उक्त घटना मा प्रमाण नष्ट गरी कतै दोषि लाई उन्मुक्ति दिन खोजिएको त होइन भन्ने जनमानसमा चर्चा परिचर्चा चल्न थालेको छ । त्रियुगा नगरपालिका ६ मोहनपुरकी मृतक चौधरी जनता माध्यमिक बिध्यालयमा कक्षा १० मा अध्यनरत थिइन । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.