Websoft University

पोखरामा कार दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते स्थलगत रिपोर्ट

 काठमाडौ । रातो तारा डट कम,पोखरामा आइतबार बिहान ग१च ७२३४ नम्बरको सिल्भर कलरको कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका १८ मेथलाङमा भएको दुर्घटनामा दुई महिला घाइते भएका छन् ।

आइतबार बिहान करिब १२ बजे रातिको समयमा भएको दुर्घटनामा कार चालक बद्री खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक एवं निमित्त प्रहरी प्रवक्ता दीपक केसीले जानकारी दिनुभयो ।

कारमा चालकसहित तिन जना सवार रहेकोमा दुई महिलालाई उद्धार गरी हस्पिटल पठाइएको छ । घाइते हुनेमा सपना घोताने र किरण अर्याल रहेको र दुबैको अवस्था मध्यम रहेको केसीले जानकारी दिनुभयो ।

कार सडकबाट झन्डै २०० मिटर तल खोचमा खसेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हामी त्यसै ठाउमा पुगेर घटनास्थल लगाएत गाडी कस्तो अबस्थामा थियो आजको कार्यक्रममा प्रस्तुत गरेका छौ बाकी भिडियोमा हेर्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.