Websoft University

सहकारी सञ्चालकहरुले सरकारबाट राहात नपाएको गुनासो गर्दै,


काठमाण्डौ साउन २१ गते । रातो तारा डट कम, कोरोनाका कारण अन्य क्षेत्रलाई जस्तै सहकारी क्षेत्रलाई पनि प्रभाव पारेको छ । जसका लागि राहत र छुटको व्यबस्था सरकारले नगरेको भन्दै सहकारी सञ्चालकहरुले गुनासो गरेका छन् । कोरोना महामारीमा बचत सङ्कलन र कर्जा असुली ५० प्रतिशतले घटेको  सहकारी सञ्चालकहरुको भनाई छ । राष्ट्रिय सहकारी महासङ्घ नेपालका अनुसार हाल नेपालमा ३० हजार सहकारी सञ्चालनमा छन्  जसमा १ लाखले प्रत्यक्ष रोजगारी पाइरहेका छन्  भने १० लाखले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । नेपालको कुल गार्हश्थ्य उत्पादनमा ५ प्रतिशत योगदान दिने सहकारीको कारोबार महामारीमा ५० प्रतिशतले घटेको छ । नेपाली अर्थतन्त्रमा १७ प्रतिशतको योगदान रहेको सहकारी क्षेत्रमा पनि कारोनाको असर देखिएको छ । 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.