Websoft University

पेन्सन कार्यक्रमले किसान उत्साहित भए


 काठमाण्डौ साउन २४ गते । रातो तारा डट कम,बाजुराको बुढीगंगा नगरपालिकाले जिल्लामै पहिलो पटक कृषक पेन्सन कार्यक्रम सञ्चालन गरेपछि किसानहरू खुसी भएका छन् । 

नगरभित्रका किसानको आयआर्जन बढाउने र व्यवसायतर्फ आकर्षित गर्न ल्याइएको यो कार्यक्रमबाट किसानले पेन्सन पाउन थालेका छन् । ८ वर्षको उमेरमा भारत पसेर २७÷२८ वर्षसम्म चौकिदारी गर्दै आए पनि खासै आम्दानी हुन नसकेपछि बुढीगंगा नगरपालिकाका चित्रबहादुर विष्ट गाउँ फर्कनुभयो । 

१६ वर्षदेखि व्यवसाय गर्दै आउनुभएका उहाँलाई कहिलेकाही सामान्य बीउ किन्ने पैसा हुँदैन तर कृषक पेन्सन कार्यक्रमले भने राहत दिएको बताउनुहुन्छ । पुशुपालनमा लाग्नुभएका वडा नं ९ का कृष्णबहादुर सिहंलाई पनि नगरपालिकाको कृषक पेन्सन कार्यक्रमबाट सुविधा पाएपछि खुसी लागेको छ । 

तर उत्पादित वस्तु कसरी वेचविखन गर्ने भन्नेमा चिन्ता कायमै रहेको उहाँले बताउनुभयो । बुढीगंगा नगरपालिकाको कार्यविधि अनुसार व्यवसाय सञ्चालन गरेका किसानलाई मासिक एक हजार पेन्सन दिने ब्यवस्था गरीएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा नगरभित्रका ३८ जना किसानले पेन्सनको मासिक १ हजार रकम पाएको कृषि शाखा प्रमुख दीपक थापाले बताउनुभयो । 

किसानले व्यवसाय सञ्चालन गरी उत्पादन बढाएमा पेन्सन पाउन योग्य हुने र घटाएमा बन्चित हुनुपर्ने नगरपालिकाको मापदण्डमा उल्लेख छ । यो कार्यक्रमबाट उत्पादन बढेको र किसान पनि सम्मानित भएको नगरप्रमुख दिपक विक्रम शाह बताउनुहुन्छ । व्यवसायबाट आम्दानी पनि हुने र नगरपालिकाबाट पेन्सन पनि पाइने भएपछि किसान खुीि भएका छन् । 




 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.