Websoft University

ओलम्पिकमा खेलमा अहिलेसम्म ३ सय २७ स्वर्ण पदकको छिनोफानो भईसकेकोले ३८ स्वर्ण पदक सहित चीन पहिलो स्थानमा


काठमाण्डौ साउन २४ गते । रातो तारा डट कम, तविश्व खेलकुदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक जापानमा जारी छ । अहिले सम्म ३ सय २७ स्वर्ण पदकको छिनोफानो भएको छ । 

जसमा रसियन ओलम्पिक टिमसहित कुल ६५ राष्ट्रले स्वर्ण पदक जितेका छन् । चीनले ३८ स्वर्ण पदकसहित पहिलो स्थानमा छ भने अमेरिका ३६ स्वर्ण पदकसहित दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको जापानले २७ स्वर्ण पदक जितेको छ ।

यसैबिच ओलम्पिकमा भारतले पहिलो पटक स्वर्ण पदक जितेको छ ।भारतका नीरज चोपडाले  हिजोे ज्याभलिन थ्रोमा ८७.५८ मिटर फाल्दै स्वर्ण पदक जित्नुभएको हो । भारतले ट्रयाक एन्ड फिल्डमा १ सय २१ वर्षपछि पदक जितेको छ । 

जारी ओलम्पिकमा अमेरिकाको पुरुष बास्केटबल टिमले भने लगातार चौथो पटक स्वर्ण पदक जितेको छ । फाइनलमा फ्रान्सलाई पराजित गर्दै अमेरिकाले स्वर्ण जितेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.